चैत ९ , पथरी

महेन्द्र राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ को सडकखण्डमा आज विहान सुमो दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य ७ जना घाईते भएका छन । घाइतेमध्ये २ जना गम्भीर घाईते भएका छन भने ५ जना सामान्य घाईते भएका छन । आज बिहान अन्दाजी ४ बजेको समयमा जंगलको एरियामा सो दुर्घटना भएको थियो ।
काठमाडौबाट झापा तर्फ आउदै गरेको बा ११ च ७९४८ नम्बरको टाटा सुमो पश्चिमबाट पुर्व तर्फ नै आउदै गरेको ना ३ ख ६९१८ नम्वरको मालबाहक कन्टेनरमा पछाडीबाट ठोकिदा घटना स्थलमै १ जनाको मृत्यू भएको हो भने १ जनाको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यू भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ । मृत्यू हुनेमा झापा गौराहद नगरपालिका बस्ने बर्ष ४५ का प्रकाश मगर र झापा अर्जुनधारा ४ का बर्ष ४७ का रामकुमार अछामी रहेका छन । गम्भीर घाईलेहरुमा झापा गौराहदकी बर्ष १४ कि प्रबिता मगर र दुर्गा मगर रहेका छन ।
दुर्घटनामा परेका अन्य ५ जनाको समेत न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ । सामान्य घाईतेहरुमा झापा गौराहदका योगेस न्यौपाने, बबिता मगर, काभ्रेका रमेश तामाङ, पाँचथर मिक्लाजुङका हरिप्रसाद नेम्बाङ र झापा दमकका सुमो चालक कुल बहादुर रेग्मी रहेका छन । घटना पछि तत्कालै पथरी ईलाकाको गस्ती प्रहरी टोलिले सम्पुर्ण घाईतेहरुको उद्दार गरेको थियो ।
काठमाडौबाट झापा तर्फ आउदै गरेको सुमो सोहि दिशाबाट आउदै गरेको कन्टेनरको पछाडि ठोकिदा सुमोको छत नै निस्किएको थियो । दुर्घटनामा मृत्यू भएका रामकुमार आछामीको शव उर्लाबारीको मंगलबारे अस्पतालमा राखिएको छ भने प्रकाश मगरको शव न्यूरो अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen