पथरीशनिश्चरे, १०  चैत

 मोरङको पथरीशनिश्चरे नगरपालिकाले हात्तीपाइले विरुद्ध औषधि खुवाउने अभियानमा जिल्लामै उत्कृष्ठ सफलता हाँसिल गरेको छ । नगरको हात्तीपाइले अभियानको समीक्षा सहितको  समापन कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य संयोजक ज्ञानबहादुर वस्नेतले सवै पक्षको सहकार्यमा सञ्चालन भएको अभियानले जिल्लामा उत्कृष्ठता हाँसिल गरेको बताउनु भएको छ । ‘यो नगर हात्तीपाइले विरुद्धको अभियानमा जिल्लामै उत्कृष्ठ बनेको छ ।’ उहाँले भन्नुभयो ‘यसखाले सवैको सक्रिय सहभागिताले हात्तीपाइलेमा मात्र होइन सवै रोग विरुद्ध लाग्न र विकासमा जुट्न नगरले उत्कृष्ठ काम गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’
कार्यक्रममा, नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले १२ दिनको अवधिमा लक्षितमध्ये नगरमा ९० प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाउन सफल भएको विवरण प्रस्तुत गरेपछि सहभागि अतिथिहरुले त्यसको प्रसंसा गरेका थिए ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, समाजसेवी मोहनकुमार न्यौपाने, शिक्षक अर्जुनकुमार बुढाथोकी, महिला स्वास्थ्य स्वयमसेविका रेणुका काफ्ले, पत्रकार विवेक न्यौपाने सहितले समाजका हरेक पक्ष सहित सञ्चारकर्मीको महत्पूर्ण योगदानले हात्तीपाइले अभियान सफल भएको धारणा राख्नु भएको थियो ।
नगरमा हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न योग्य ६३ हजार ५ सय ४६ मध्ये ५७ हजार १ सय ७१ जनाले औषधि सेवन गरेको तथ्यांक प्रस्तुत गरिएको छ । समापनका अवसरमा होली कार्यक्रमलाई समेत जोडेर नगर प्रमुख राईले सहभागिलाई टीका लगाइदिनु भएको थियो । नाचगान सहित कार्यक्रम समापन भएको थियो ।
गत फागुन १५ गते नगरका १० वडाका १० केन्द्रमा र १६ देखि घरघरमा स्वास्थ्यकर्मीले औषधि सेवन गराएका थिए । प्रत्येक वडामा ४ जना स्वास्थ्यकर्मी खटिएका थिए ।
 विभिन्न क्षेत्रका नगरका अगुवा, पेशाकर्मीहरुले आफुले औषधि खाने र अरुलाई पनि औषधि खान प्रेरित गर्ने भिडियो सामाजिक सञ्जाल सहित सञ्चारमाध्यममा प्रसारण गरिएको थियो । जसबाट अघिल्ला वर्षमा जस्तो औषधिले असर गर्ने भ्रम हटेर नगरवासी औषधि खानमा सक्रिय बनेका थिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen