विवेक न्यौपाने,

२ चैत्र , पथरी

मनिषा फिल्मस् प्रालिको ब्यानरमा निर्माणाधीन नेपाली कथानक चलचित्र  ‘रातो गलबन्दी’ ले नेपालमा आफ्नो सम्पुर्ण सुटिङ सकेको छ ।  दोस्रो चरणको सुटिङ को लागि चलचित्र युनिट  अस्ट्रेलिया जाने तयारी मा रहेको निर्माण पक्षले जानकारी दिएको छ।
चलचित्रलाई  हिमाल कडरिया र दुर्गा कडरियाले निर्माण गरेका हुन् भने यस चलचित्रका निर्देशक अनिश थापा रहेका छन। चलचित्रको  मुख्य सहायक निर्देशकको पाटो  बासुदेब धिमेरे र राम कृष्ण धिमेरेले समालिरहेका छन। अम्रित अापाँगाइले लेखेको यस चलचित्रका कार्यकारी निर्माता प्रकास दुलाल रहेका छन्। यस चलचित्रमा द्वन्द्व निर्देशन  अष्ट महर्जनको रहेको छ भने नृत्य निर्देशन  गोविन्द राईले गरेका छन। चलचित्रको छायांकन  भने सुमन तामाङले गरिरहेका छन। चलचित्रमा कलाकारहरु  कोसिस क्षेत्री, केकी अधिकारी, बुद्धी तामाङ, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको छ।
 चलचित्रको छायाङ्कन नेपालको पूर्वको झापा, मोरङ्ग लगायतका  रमणीय स्थलहरूमा सम्पन्न भैसकेको  निर्माता हिमाल कडरियाले बताएका छन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen