विवेक न्यौपाने, पथरी

१ चैत

सिंहदेवी गौमती सामुदायिक वन उपभोक्ता समितीले २ दिने सामुदायिक वन व्यवस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। मिक्लाजुङ ५ गुप्तीमा रहेको सो वनले उपभोक्तालाई वनको महत्त्व बारे सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समितीका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए।
सव डिभिजन वन कार्यलय जाँतेका सहायक वन अधिकृत दिपेश मिश्रले सहजीकरण गरेको कार्यक्रममा ७० बढी उपभोक्ताको सहभागीता रहेको समितीका कोषाध्यक्ष खड्ग बहादुर श्रेष्ठ ( लङ्सिङ) ले बताए।


प्रशिक्षक मिश्रले वनको प्रकार, महत्त्व र संरक्षणको आवश्यकताको बारेमा चर्चा गरेका थिए। मिश्रले प्रशिक्षणको क्रममा हरितगृह प्रभाव, यसबाट वातावरणमा पर्ने असर र यसको न्यूनीकरण , जलवायु परिवर्तन लगायतका बिषयमा सहजीकरण गरेका छन।  उनले वन्यजन्तु चोरी सिकारी जघन्य अपराध भएकाले यस्तो कार्यलाई निरुत्साहित गर्नु पर्ने उल्लेख गरे।
कार्यक्रममा सर्प संरक्षण अभियानमा सक्रियताका साथ लागी परेका बन रक्षक प्रेम बिष्टले सर्प वातावरणको दुश्मन नभै मित्र भएको कारण मार्ने भन्दा पनि संरक्षण गर्नु पर्ने बताए। नेपालमा सर्पको डसाई पश्चात् बिषले हुने मृत्यु भन्दा हतोत्साहित भएर हृदयघात जस्ता समस्याबाट मृत्यु हुनेको संख्या बढी भएको तथ्यांक प्रस्तुत गरे। प्रशिक्षणको क्रममा उनले सर्पले डसेमा कसरी सुरक्षीत तवरले संबंधित अस्पताल जाने भन्ने बिषयमा समेत प्रशिक्षण दिएका छन। गोष्ठी भोलि पनि संचालन हुने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen