१ चैत्र ,
विवेक न्यौपाने, पथरी

मोरङको पथरी शनिश्चरेमा नव बर्षको अवसरमा प्रदेश १ स्तरीय नेपाली नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । २०७६ साल बैशाख १ गते सो प्रतियोगिता नेपाली भाषी भुटानी यूवाहरुको आयोजनामा हुन लागेको हो। सामुहिक र एकल दुई विधामा सम्पन्न हुने प्रतियोगिताका दुवै विधाका विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । सामुहिक तर्पm प्रथम हुने समुहले १५ हजार १५ रुपैँया नगद सहित ट्रफि प्राप्त गर्ने छ भने दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्पm भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले जानकारी दिए।
प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई , छमछमि रनर अप मनिता राई लगायत रहने आयोजकले जानकारी दियो । प्रतियोगिता बैशाख १ गते पथरी शनिश्चरे १० मा रहेको भूटानी शरणार्थी सिविरको विद्यालयमा संचालन हुनेछ । नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका निमित्त प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए। प्रतियोगितामा भाग लिन दुवै विधाका लागी क्लव वा कुनै संघसंस्थाको सिफारीस अनिवार्य रहेको आयोजकले बताएको छ । अनुमानित २ लाख रुपैँया खर्च हुने कार्यक्रममा तेश्रो मुलुक पूर्नवास भएका नेपाली भाषी लगाायत स्थानियको पनि सहयोग रहेको आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen