३० फागुन, पथरी

प्रथम जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न भएको छ। मोरङ्गका केवल दुई बहुमुखी क्याम्पसको सहभागितामा सम्पन्न प्रतियोगिता किरात राई खेलकुद संघ मोरङ जिल्ला समितीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको जानकारी गराउन फागुन २६ गते आइतबार आयोजित पत्रकार सम्मेलनमा मोरङ्गका ६ वटा क्याम्पसको सहभागिता रहने र कार्यक्रमको अनुमानित खर्च १ लाख ७० हजार हुने बताइए पनि प्रतियोगितामा उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसको मात्र सहभागिता रहेको थियो। मोरङ्गका क्याम्पस अध्ययनरत महिला बिद्यार्थीको खेल बिकाशको लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको थियो।
२ वटा क्याम्पसको मात्र सहभागीता भए पछि पथरीमा रहेका एभरेष्ट माध्यमिक बिधालय र रेड स्टार माध्यमिक बिधालयलाई आमन्त्रित टोलिको रुपमा निम्त्याएर क्रमशः पथरी बहुमुखी क्याम्पस र उर्लाबारी बहुमुखी क्याम्पससँग प्रतिस्पर्धा गराइएको किरात राई खेलकुद संघको अध्यक्ष निता राईले बताइन।
आज सम्पन्न १ दिने प्रतियोगितामा उर्लाबारी बहुमुखी क्याम्पस बिजेता भएको छ भने पथरी बहुमुखी क्याम्पस उपबिजेता बन्यो।
आज (बिहिबार)उर्लाबारीले क्याम्पसले फाइनल खेलमा पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो । विजेता र उपविजेता टिमलाई नगद १५ र १० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको किरात राई खेलकुद संघको अध्यक्ष राईले बताइन  ।
खेल समापन कार्यक्रममा  पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल र स्थानीय शिक्षा सेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen