२९ फागुन, पथरी

 मोरङको पथरीशश्चिरे १०मा स्थापित केबी मेमोरियल बोर्डिङ हाई स्कुलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेकी नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बाँस्तोलाले संस्थागत विद्यालयलाई नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रिन्सिपल कुरुक्षेत्र नेपालले राखेका थिए भने मन्तव्य दोबाटेका निर्देशक हरेन्द्र खत्रीले राखेका थिए । सो अवसरमा विद्यालयका शिक्षक भूमिप्रसाद पाठकद्वारा लिखित ‘छोरीलाई शिक्षा’ नामक लघुनाटक मञ्चन गरिएको थियो । विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक, सांस्कृतिक नृत्य, गायन र ससाना नानीहरूको क्याटवर्कले सबै अभिभावकको मन तानेको थियो । विद्यालयमा अघिल्लो वर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र विद्यालयका भाइस प्रिन्सिपल कुरुक्षेत्र नेपाल, शिक्षिका सम्झना चौहान र पूर्वशिक्षक झलक सुवेदीले संयुक्त रूपमा वितरण गरेका थिए । यस वर्षको परिश्रमी उत्कृष्ट शिक्षिका आरती तामाङलाई पुरस्कृत गरियो । विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापअन्तर्गत इनआउट, चम्चा दौड, कुर्सी घुमाइ, चक्लेट रेस, हाजिरीजवाफ प्रतियोगिता, ड्रइङ, भलिबल प्रतियोगिता र टेबल टेनिसजस्ता खेलहरूमा पुरस्कारसमेत वितरण गरियो । त्यसैअन्तर्गत अभिभावतर्फको कुर्सी घुमाइमा प्रथम, द्वितीय र तृतीय क्रमशः कुन्ती गुरुङ, तारा भट्टराई, सविना भट्टराईले पुरस्कार पाएका थिए । त्यसै गरी महिलातर्फको छेलो हान्ने खेलमा प्रथम, द्वितीय र तृतीय क्रमशः गंगा बुढाथोकी, भूमिका लिम्बू र पार्वता थापा र छेलो हान्ने पुरुषतर्फको क्रमशः प्रथम, द्वितीय, तृतीय अनिश कार्की, दिपक विष्ट र हरेन्द्र खत्री पुरस्कार पाए । कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल किशोर खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen