२९ फागुन, पथरी

मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै थालिएको बजार अनुगमन्का क्रममा दोस्रो दिन आज २ सय ४ व्यवसायिक पसलको अनुगमन् भएको छ । नगरपालिकाको राजस्व परामर्श समितिको योजना अनुरुप थालिएको अनुगमन्का क्रममा आज वडा नम्वर १ को पथरी बजार तथा ४ र ९ मा पर्ने शनिश्चरे बजारका २ सय ४ वटा पसल एवम् व्यवसायको अनुगमन् भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल, अरुणा राई सहित ४ र ९ नम्वरका सदस्य, सुरक्षाकर्मी, नगर कर्मचारी, पत्रकार सहितको टोलीले अनुगमन् गरेको हो ।
अनुगमन्का क्रममा २ सय ४ वटा पसलमध्ये १ सय ४७ वटा पसल नगरपालिकामा दर्ता नभएको र १ सय ८२ वटा नविकरण नभएको पाइएको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको छ । अनुगमन्को पहिलो दिन हिजो १ नम्वर वडामा पर्ने पथरी बजारमा १ सय ४३ पसल व्यवसायको अनुगमन् भएको थियो । व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सवै वजार अनुगमन् गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen