२९ फागुन, 

विवेक न्यौपाने, पथरी 

 पथरी मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ६ को अधिकांश भुभाग कृषियोग्य छ। प्रायः वडाबासिको पेशा नै कृषि छ तर उचित सिचाइको सुबिधा नहुदा सोचेअनुरुप उत्पादन हुन नसकिरहेको अवस्थामा वडा कार्यलयले १२ थान मोटर वितरण गरेको छ। विभिन्न समूह बनाएर आएका १२ समूह कृषकहरुलाई १२ थान पानी तान्ने मोटर वितरण गरिएको हो। वडा कार्यलयले वडावासीलाई कृषिमा सहजता होस भन्ने आशयका साथ सो सामाग्री वितरण गरेको वडा अध्यक्ष जय बहादुर तामाङ्गले बताए। प्रधानमन्त्री कृषि परियोजनालाई सार्थक बनाउने उदेश्यलाई अझ टेवा पुर्याउदै सो मेसिन वितरण गरिएको बताइएको छ। २ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको कार्यक्रममा उपस्थित कृषकहरु वडाले आफ्नो पीडा बुझिदिएको भन्दै वडा प्रती कृतज्ञ देखिन्थे। मोटर वितरण कार्यक्रममा बोल्दै स्थानिय कृषकहरुले वडासँग मोटर पाए सँगै अब त्यसलाई जडानको लागि समेत समन्वयका लागि अनुरोध गरेका छ। ६ नम्बर वडाले यश अघि पनि किसानहरुका लागि आवश्यक स्प्रे मेसिन लगायत वितरण गरिसकेको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen