२९ फागुन, २०७५

विवेक न्यौपाने, पथरी 

 मोरङ्गको कानेपोखरी गाउँपालिकामा स्थापित माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीले राष्ट्रिय हस्तलेखन प्रतियोगितामा २ पदक जित्न सफल भएको छ।

फागुन २६ गते सम्पन्न प्रतियोगिताको फाइनल राउण्डमा उत्कृष्ट हस्तलेखन प्रस्तुत गर्दै माउण्ट हर्मोनका युना श्रेष्ठ र सुम्निमा न्यौपाने क्रमश नेपाल द्दितिय र नेपाल तृतीय भएका हुन। प्राथमिक तहको नेपाली हस्तलेखन तर्फ श्रेष्ठ नेपाल दोश्रो भएकि हुन भने आधारभुत तहको अङ्ग्रेजी हस्तलेखन तर्फ सुम्निमा नेपाल तेश्रो भएकी हुन। श्रेष्ठ कक्षा ४ मा अध्ययन गर्छिन भने न्यौपाने कक्षा ५ कि छात्रा हुन। प्राय सम्पुर्ण उपाधी काठमाडौंमै सिमित भएको प्रतियोगितामा मोफसलबाट कानेपोखरीले २ पदक सफलता सगैँ उत्कृष्ट २० मा अन्य ८ प्रतियोगी समेत प्राप्त गरेको छ । कानेपोखरी कै मास्टर भिजन स्कुलका सरिता यादव , प्रकृति अधिकारी ,जनसेवा मावीकि विनिसा खतिवडा ,माउण्ट हर्मोनका आयुस कार्की , मञ्जिला श्रेष्ठ , मनिश बिष्ट , विरेन घिसिङ र स्नेहा रिमाल उत्कृष्ट २० मा पर्न सफल भएका हुन।
टि सि नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालका ६० जिल्लाका ३० हजार भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो। कानेपोखरी गाउँपालिकाबाट प्रतियोगितामा सफल सम्पुर्ण बिद्यार्थीलाई गाउपालिकाले अविर जात्राका साथ सम्मान गरेको छ। सम्मान समारोहमा बोल्दै पालिका अध्यक्ष तारा बहादुर काफ्लेले यस्ता सफलता बिद्यार्थी र बिधालयको मात्र नभएको बताउदै समग्र गाउँपालिकाकै गौरवको बिषय रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen