२८ फागुन २०७५

पथरी 

मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरणका लागि आव्हान गर्न आजबाट बजार अनुगमन् थालिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, जनप्रतिनिधि, प्रहरी, नगरका कर्मचारी,संचारकर्मीहरुको टोलीले वडा नम्वर १ को पथरी बजारमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा, १ सय ४३ पसल एवम् व्यवसायमा अनुगमन हुँदा ३३ वटा पसल नगरपालिकामा दर्ता नभएका र २८ पसल नविकरण नभएको र एउटा पसलमा मात्र मुल्य सुचि राखेर व्यावसाय सञ्चालन गरेको तथ्याङ्क फेला परेको अनुगमन संयोजक वास्तोलाले बताईन ।
नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको पनि उनले बताईन । व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियान अघि बढाइएको छ ।


तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen