पथरी

मोरङको पथरीशनिश्चरे–२ मा रहेको वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले सोमबार बृहत् रूपमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय सिन भिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा गत तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने, विभिन्न प्रतियोगितात्मक कार्यक्रमका उत्कृष्ट हुने, विषयगत उत्कृष्टता हासिल गर्ने तथा चारित्रिक रूपमा उत्कृष्ट घोषित भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नयाँ बान्कीमा सांस्कृतिक खुराक प्रस्तुत भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका वडा नं. २ की सदस्य अरुणा राईले ब्यानर वाचन गरेर औपचारिक उद्घाटन गर्नुभएको सो कार्यक्रममा विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण पक्षको विकास गर्नमा वाल्मीकि सदैव क्रियाशील भएको उद्घोष गरियो । सो अवसरमा विद्यालयको वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाबारे प्रकाश पार्दै प्रिन्सिपल नोवलकिशोर खनालले वाल्मीकि गुणस्तरीय शिक्षामा सधैँ प्रतिबद्ध रही विद्यार्थीको सर्वाङ्गीण पक्षको विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउनुभयो । सङ्ख्यात्मक रूपमाभन्दा पनि गुणात्मक सुधारको पक्षमा विद्यालय लागेको भन्दै प्रिन्सिपल खनालले अबको शैक्षिक सत्रमा कक्षा ५ भन्दामाथि नयाँ विद्यार्थी भर्ना नगरिने पनि उद्घोष गर्नुभयो । यसै गरी कठिन भनिएका विषयलाई सिकाइको नयाँ तरिकामार्फत सरलीकरण गर्ने गरी विद्यालय अघि बढिरहेको बताउँदै प्रिन्सिपल खनालले थप्नुभयो– ‘हामी विषयगत सुधारमा तल्लीन छौँ, यो वर्ष गणित सुधार अभियान चलाएका छौँ भने क्रमशः अरू कठिन भनिएका विषयमा पनि विद्यार्थीलाई अब्बल सावित गर्दै लानेछौँ ।’ विद्यालयका संयोजक चन्द्रप्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा क्याप्रोज मन्टेस्वरीकी सञ्चालक शर्मिला तामाङ, सिड्लिङ मन्टेस्वरीकी सञ्चालक विन्दु चेम्जोङ, स्मार्ट मन्टेस्वरीका सञ्चालक लोककिरण न्यौपानेलगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
सो अवसरमा अभिभावकको तर्फबाट ओमनाथ अधिकारी र विशिष्ट अतिथिको तर्फबाट शर्मिला तामाङले शुभकामना मन्तव्य राख्नुभयो । विद्यालयको आधारभूत तह संयोजक मीना तामाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न प्रकारका साङ्गीतिक एवम् सांस्कृतिक खुराकहरू समेत प्रस्तुत भएको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen