पथरी । प्याब्सन नगर कमिटि पथरी शनिश्चरे मोरङले लोक नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ ।
अन्तर विद्यालय नगरस्तरीय आधारभूत तहस्तरीय प्रतियोगितामा नगरका १५ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो 

प्रतियोगितामा बाल्मीकि मेमोरियल सेकेन्डरी स्कुल, एभरेष्ट आमावि क्रमशः प्रथम र दोस्रो भएको छ भने रेडस्टार बोडिङ र भूपू सैनिक बोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । विजयी स्कुलले क्रमस नगद ५ हजार, ४ हजार र ३ हजार सहित ट्रफि प्रमाण पत्र प्राप्त गरेका छन ।
प्याब्सनले बालबालिकाको चौतर्फी बिकास संग संगै संस्कार सस्कृतीको ज्ञान साना साना बालबालिका सम्म पुर्याउन सहयोग गरेकोमा प्याब्सन नगर कमिटीलाई बधाई ज्ञापन गनु भएको थियो ।
पथरीशनिश्चरे नगरमा रहेका प्याब्सनमा आबद्ध विध्यालयका विध्यार्थीको प्रतिभा प्रस्पुटन गर्ने र नेपालीको लोक संस्कृतीको सिकाईमा टेवा पुर्याउने उदेश्यले लोक नृत्य प्रतियोगिता गरेको नगर प्याब्सन अध्यक्ष उपेन्द्र कडेलले बताउनु भयो ।
विजयी बिध्यालयलाई कार्यक्रमका विशिष्ट अतिथी प्याब्सन मोरङ अध्यक्ष अर्जुन बस्नेत कार्यक्रमका सभापति उपेन्द्र कडेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen