पथरीशनिश्चरे, २६ फागुन

मोरङको पथरीशनिश्चरे नगरमा प्रभावकारी प्रचार प्रसारका साथै औषधिप्रतिको भ्रम हटेर यस वर्ष हात्तीपाइले विरुद्धको औषधि सेवनको प्रभावकारिता बढेको छ ।
जस अनुरुप  घरदैलो अभियानको १२ औं दिन आजसम्ममा ५७ हजार २ सय ६९ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो  । घरदैलो अभियान अन्तर्गत छुटपुट रहेकालाई आज पथरी क्याम्पस, बाल्मिकी मावि र वडा नम्वर ८ मा गरी ३ सय ४४ जनालाई औषधि सेवन गराइएको उहाँले वताउनु भएको छ  ।
नगरमा औषधि सेवन गर्ने लक्षित जनसंख्या ६३ हजार रहेकोमा ९१ प्रतिशत बढीले औषधि सेवन गर्नु राम्रो उपलब्धि हाँसिल भएको तर्क राख्नुभएको छ । घरदैलो अभियान आजबाट समाप्त भएपनि फागुन महिनाभरी स्वास्थ्य संस्थामा औषधि रहने उल्लेख गरेका छन् । गत वर्ष ३ दिने अभियान सञ्चालन भएपनि औषधिप्रतिको भ्रम र त्यसलाई चिर्ने प्रचारात्मक अभियान नहुँदा नगन्यले मात्र औषधि सेवन गरेका थिए ।
नगर प्रमुख दिलिपकुमार राईले गतवर्षको तुलनामा औषधि सेवन गर्ने प्रचार प्रसार अभियान प्रभावकारी भएको, धेरै दिन लगाएर घरदैलो गरिएको र औषधि खाएर चाँही विरामी परिन्छ भन्ने भ्रम हटेको प्रष्ट्याउनु भयो  । नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सामाजिक अगुवा, सञ्चारकर्मी सहितले भिडियो फुटेजमार्फत औषधि खान गरेको आव्हानलाई सामाजिक सञ्जाल सहितका सञ्चार माध्यममा व्यापकरुपमा फैलाइएको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen