२५ फागुन, पथरी

” स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” मुल नाराको साथमा मोरङ्गका ६ बहुमुखी क्याम्पसको सहभागितामा प्रथम महिला क्याम्पस जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ।
मोरङको पथरीशनिश्चरेमा आयोजना हुने उक्त प्रतियोगिता  किरात राई खेलकुद संघ मोरङको आयोजनामा  यहि फाल्गुन ३० गते बिहिवारबाट हुन लागेको हो। उक्त एक दिने प्रतियोगितामा उर्लाबारी बहुमुखि क्याम्पस उर्लाबारी , भगवति बहुमुखि क्याम्पस बेलबारी , लेटाङ बहुमुखि क्याम्पस लेटाङ्ग , रमाइलो बहुमुखि क्याम्पस कानेपोखरी ,पथरी बहुमुखि क्याम्पस पथरी र सुकुना बहुमुखि क्याम्पस सुन्दरहरैचा  गरी छ टोलिको सहभागिता रहने  आज पत्रकार सम्मेलनको आयोजना गरी खेल संयोजक कुमार राईले जानकारी दिएका छन् ।  मोरङ जिल्लाका विभिन्न क्याम्पसमा अध्ययन गर्ने महिला खेलाडिहरुलाइ प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएकोे कार्यक्रमका अध्यक्ष निता कुलुङ राईले जानकारी दिइन  । प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका साथै अन्य विभिन्न सघं संस्थाहरुले सहयोग गर्ने आयोजकले बताएको छ । खेल पथरीशनिश्चरे १ स्थित सुनाखरी मा.वि. को खेल मैदानमा विहान ७ बजे देखि सुरु हुने छ । प्रतियोगिता सञ्चालन गर्नको लागि करीब १ लाख ७० हजार खर्च हुने आयोजकको अनुमान रहेको जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen