२८ माघ २०७५

विवेक न्यौपाने , पथरी 

पुर्वि मोरङ्गका खाना र संगित पारखीहरुलाई लक्षित गरि मोरङ्गको पथरीशनिश्चरेमा सिक्का लञ्ज एण्ड बार विथ लाइभ म्युजिक संचालनमा आउने भएको छ। पथरी र कानेपोखरीका ७ युवा व्यवसायीहरुको ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सो बार संचालन हुने भएको  हो।  ७० जना ग्राहक क्षमता सहितको बार सँगै ५० जनाको क्षमता भएको बर्थ डे पार्टी  हल र २५ जना अट्ने मिटिङ्ग हल पनि संचालन गरिने संचालकमध्येका सञ्जीव गिरिले बताए।

 सांगीतिक र पारिवारिक वातावरणमा खानपिन सहितको सुविधा सम्पन्न सो बार प्रणय दिवसको अवसर पारेर फागुन २ गते उद्घाटन गरिने संचालक धिरेन सुब्बाले बताए। पथरी र पथरी आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नु पर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक बातावरणमा बसाउने उदेश्यका साथ बार संचालनमा ल्याउन लागेको आयोजकको भनाई छ। प्रत्येक शुक्रवार , शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुती सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको बताइएको छ।

युवा व्यवसायीहरु धिरेन सुब्बा, सञ्जीव गिरि , मिलन श्रेष्ठ , पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईको लगानीमा सो बार संचालन हुन लागेको हो।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen