२७ माघ २०७५

विवेक न्यौपाने 

मोरङ्गको पथरीशनिश्चरे पुर्वको पर्यटन हव बन्ने क्रममा रहेको छ। विभिन्न सामुदायिक बन लगायतले सिमसार संरक्षण सगैँ आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको अवस्थामा नगरको वडा नम्बर १० जिरिखिम्तीमा टाइटानिक फन पार्क र रिसोर्ट खुल्ने भए सँगै पथरीशनिश्चरेमा पर्यटक आगमनमा वृद्दी हुने भएको छ।
कृषा इन्भेस्टमेन्टद्वारा सञ्चालन हुने फन पार्क र रिसोर्टको आज आइतबार शिलान्यास भए सँगै नगरको पर्यटनमा थप टेवा पुग्ने भएको हो। लगभग २ बिगाहा क्षेत्रफलमा १० करोड रुपैयाँको लागतमा बन्ने फन पार्क र रिसोर्टले सरकारको पर्यटन हव योजनामा मद्दत पुग्ने र पथरीशनिश्चरेको बेग्लै पहिचान हुने रिसोर्ट्का संचालक जितन कार्कीले बताए। संचारकर्मीसँग कुरा गर्दै कार्कीले सो रिसोर्टमा १५ कठ्ठा क्षेत्रफलमा पोखरी निर्माण गरि विश्व विख्यात टाइटानिक चलचित्रको झल्को दिने संरचना तयार गरिने र सोही संरचना फन पार्क र रिसोर्टको मुख्य आकर्षक हुने बताए।
सोहि नगरपालिका वडा नम्बर १ बस्दै आएका कुशल व्यवसायी कार्कीको एकल लगानीमा रिसोर्ट निर्माणको शुरूवात गरिए पनि भावी दिनमा ५० प्रतिशतसम्म शेयर लगानीको अवसर अन्य स्थानियलाई पनि दिने योजना रहेको उनले बताए। १ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरेर फन पार्क र रिसोर्ट संचालन गर्ने संचालकको योजना छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen