२६ माघ २०७५

मोरङको पथरीशनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस मनाएको छ । संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी संस्थाले स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष कपिलमणी ढकाल र विशिष्ट अतिथि संस्थाको पुर्व अध्यक्ष्य दिलबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
११ जना एकल महिलालाई राहत वितरण , जेष्ठ नागरीक सम्मान , सबैभन्दा बढि सेयर सदस्यता विस्तार गर्ने सदस्यलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम समेटिएको सो समारोहमा पौष २५ गते सम्पन्न रक्तदान कार्यक्रममा बढि रगत संकलनमा सहयोग गर्ने नेपाल तामाङ घेदुङ, सृजनशिल युवा क्लब, बुद्ध युथ क्लब र नेपाल पत्रकार महासंघ सम्पर्क कार्यलय पथरीलाई पनि सम्मान गरीएको थियो ।
कार्यक्रममा ७४ वर्षीैय जेष्ठ नागरीक छत्रराम अधिकारीलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो । यस्तै संस्थाले एकल महिलालाई राहत स्वरुप ११ जनालाई दुई हजारका दरले नगद सहित सम्मान गरेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै संस्थाका अध्यक्ष अमिर राईले नगरक्षेत्रमा रहेर पत्रकारीता गरी सहकारी विकासमा योगदान पु¥याउने एक पत्रकारलाई प्रत्येक २–२ वर्षमा सम्मान गर्ने संस्थाको योजना रहेको बताए । साथै उक्त सहकारीलाई जिल्ला बचत संघले २०७५ सालको उत्कृष्ट सहकारीको रुपमा प्रशंशा पत्र र शिल्डले सम्मान गरीएको बताए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen