२२ माघ
विद्यार्थी वाट टिर्सट खरिद गर्न रकम उठाएपनि लामो समय सम्म पनि टिर्सट विद्यार्थीलाई नदिएको भन्दै मोरङ्गको पथरी क्याम्पसमा दुइ विद्यार्थी संगठनले लगाएको ताला सोमवार वाट खोल्ने सहमती भएको छ । पथरी वहुमुखी क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीले क्यापस प्रशासनमा लगाएको ताला खोलेका हुन । असोज पहिला साता क्याम्पसको लागो अंकित टिर्सट वितरण गर्ने भन्दै क्याम्पसका विद्यार्थी वाट रकम संकलन गरेको थियो । क्याम्पस प्रसासनले टिर्सट खरिदका लागी क्याम्पसका प्राध्यपक शान्तीराम तिम्सीना र स्ववियु सभापती गोपाल साम्वा गिरीस रहने गरि टिर्सट खरिद समिती गठन गरेको थियो । एक महिना भित्रमा टिर्सट विद्यार्थीलाई वितरण गर्ने भनिए पनि ३ महिना वित्दा पनि टिर्सट वितरण नगरेको भन्दै गत वुधवारदेखी दुइ संगठनले क्याम्पस प्रसासनमा तालावन्दी गरेका थिए । तालवन्दी अघि विद्यार्थी संगठनले क्याम्पस प्रमुख चेतन पौडेललाई ध्यान आर्कषणपत्र वुझाएका थिए ।
अनेरास्ववियुका विवेक न्यौपानेका अनुसार सहमती भएको १५ दिन भित्र क्याम्पस प्रसासनले विद्यार्थीलाई टिर्सट वितरण गर्ने गरि सहमती भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen