२२ माघ

पथरीशनिश्चरे

मोरङ्गको पथरीशनिश्चरेमा माघ २५ वाट नगरस्तरिय क्रिकेट प्रतियोगीता हुने भएको छ । नगर खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहने भएको हो । पथरीको पञ्चायत मावीको खेल मैदानमा हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमवार सुन्झोडा सिमसारमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगीताका वारेमा जानकारी दिएको हो । प्रतियोगीतामा प्रथम हुने वाडले नगद ३०हजार, ट्रफि जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने नगर खेलकुद विकासका अध्यक्ष मणी लुम्फुवा लिम्वुले जानकारी दिए । प्रतियोगीताका उत्कृष्ट वलर,उत्कृष्ट व्याष्टमेन, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीज समेत पुरस्कृत हुने भएका छ । उनीहरुलाइ नगद र ट्रफि पुरस्कार प्रदान गरिने लिम्वुले जानकारी दिए । प्रतियोगीताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगीताको पहिलो खेल वडा नम्वर ४ र ३ विच हुने छ । प्रत्येक दिन दुइ खेल खेलाइने प्रतियोगीता टि ट्वान्टी फर्मेटमा खेलाइने आयोजकले जनाएको छ । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो । वडा नम्वर १ का रत्न युथ क्लव,पथरीशनिश्चरे क्रिकेट क्लव र एभरेष्ट क्रिकेट क्लवले प्रतियोगीतालाई सह संयोजन गर्ने भएका हुन । नगर वाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्ष भरी विभिन्न खेल प्रतियोगीता गर्ने योजना साथ क्रिकेट प्रतियोगीताको आयोजना गरिएको आयोजकका सचिव नैन राइले जानकारी दिए । प्रतियोगीता सम्पन्न गर्न करिव १ लाख ४५ हजार वजेट तय गरिएको आयोजकले जनाएको छ ।

वाउण्ड्री वाहिरका दर्शक पनि पुरस्कृत हुने

प्रतियोगीतालाई थप रौनक वनाउन र क्रिकेट खेलको चासो वडाउन उपस्थीत दर्शकलाई समेत पुरस्कृत गर्ने आयोजकले जनाएको छ । वाउण्ड्री वाहिर आउने वललाई एक हातले क्याच गर्नेलाई ३ सय र दुवै हातले क्याच गर्नेलाई १ सय

५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने लिम्वुले जानकारी दिए । विभिन्न अन्य प्रतियोगीतामा वाउड्री वाहिर वल क्याच गर्ने दर्शकलाई अन्य तवर वाट पुरस्कृत गरिए पनि नगदै पुरस्कार दिएर पुरस्कृत गर्न लागेको पथरीशनिश्चरेमा पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen