डम्बर सिन्चिउरी
लेटाङ १९ माघ

उत्तरी मोरङको एक मात्र नगरपालिका लेटाङ नगरपालिका प्रमुखले आफ्ना लागि गाडि किन्न दोश्रो नगर सभा बाट छुट्याएको सम्पुर्ण रकम नगर भरीका गरिबको घरमा लगाईएको फुसको छानालाई विस्थापित गरी जस्ता लगाउनमा खर्च गर्ने भएका छन् ।
नगरले शुक्रबार आफ्नै कार्यलय प्राङ्गणमा आयोजना गरेको औपचारिक कार्यक्रममा नगर प्रमुख शंखर राईले उक्त करा बताएका हुन् । यसको शुरुआत भने गत वर्ष बाटै गरिसकिएको नगरप्रमुख राईले बताएका छन्।
सोही अवसर पारी गत वर्ष देखि सुरुवात गरिएको फुसको छाना हटाउ अभियानको निरन्तरता स्वरुप शुक्रबार नगर भरिबाट छनौटमा परेका ७० घरधुरीलाई प्रति घरधुरी साढे तीन बण्डलका दरले ३५ हजार रुपैँया बराबरको रंगिन जस्तापाता वितरण गरिएको छ ।
यसका लागि नगरले २५ लाख बराबरको जस्ता खरिद गरी वितरण गरेको हो । शुरुमा ३० लाख को जस्ता खरिद गरे पनि ५ लाख बराबरको जस्ता भने अन्य पिडितलाई वितरण गरिइको वताईएको छ । अब आगामी दिनमा हालसम्म वडा(वडाबाट आएको तथ्याङ्क अनुसार ४ सय २५ घरधुरिलाई जस्ता बाँड्नु पर्ने वडा नम्बर तीनका अध्यक्ष देवराज चाम्लिङ वताउँछन्। यसका लागि गाडि किन्न छुट्याईएको ६८ लाख, गत वर्षको ३५ लाख र केही अपुग थप रकम निकासा गरी एक करोड ५० लाख बराबरको जस्तापाता वितरण गर्ने योजना रहेको पनि वडा अध्यक्ष चाम्लिङ वताउँछन् । अझ पनि नपुगे “मेरो सुविधा कटाई देउ , लेटाङ नगरका फुसको छाना हटाई देउ “ को नारा सहित अघि बढ्ने वडाध्यक्ष चाम्लिङले वताए ।
जस्तापाता वितरण कार्यक्रममा बोल्दै मेयर राई ले आफुले गाडि चढ्न नपाएर पाउने दुख भन्दा गरिबको घरको फुसको छाना वर्षायाममा चुहिएर बालबच्चाले होमवर्क गर्न नपाएको , दिनभरी काम गरेर थकाई मार्ने समयमा घर भित्रै छाता ओड्नु पर्ने बाध्यता, ठूला समस्या लागेर नै यस्तो योजना अगाडि सारिएको वताएका छन । उहाँका अनुसार यस नगरमा ७० प्रतिशत भन्दा बढि भु–भाग भिरालो हुनु , यहि भुभागमा झण्डै ७ सय जति घरधुरि गरिबिका कारण फुसको छानाको हुनु , लगायतको समस्यानै यस नगरको चुनौति रहेको छ । नेपाली नागरिकताको प्रमाणपत्र हुनु पर्ने , मतदाता परिचय पत्र हुनुपर्ने , छोराछोरी सामुदायिक विद्यालयमा अध्यनरत हुनुपर्ने , जग्गा आफ्नै स्वामित्वको हुनु पर्ने र फुसको छानो कम्तिमा पाँच वर्ष पुरानो हुनु पर्ने नगरले यस कार्यक्रमका मापदण्ड रहेको मेयरले जनाएका छन । यस्तो कार्यको लागि नगर भित्र रहेका सामुदायिक वनहरु सँग पनि सहकार्य गर्ने वताईएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen