आइतबार, माघ १३, २०७५

भीमराज अधिकारी, पथरी

सरकारले वास्तविक किसानलाई अझैपनि चिन्न नसकेको किसानले गुनासो गरिरहेका छन् । यतिबेला सरकारले हरेक क्षेत्रमा लगानी गरिरहेको छ । तर वास्तविक किसान को हो भनेर चिन्न नसक्ता सरकारी बजेटको सही सदुपयोग भएको पाइदैन ।

नगरले चालु अवस्थामा पनि कृषिका लागि भनेर विभिन्न कार्यक्रमहरु भइरहेका छन् त्यस्ता कार्यक्रममा वास्तविक किसानलाई समावेश गराउन नसकेको गोठ कृषि फर्मका सञ्चालक भोला प्रसाद खरेलले बताए । गोठ कृषि फार्म पथरीशनिश्चरे ३ खरेलचोक, मोरङमा रहेको छ । गोठ कृषि फार्ममा नगरकै पहिलो अर्गानिक सागसब्जी उत्पादन हुने गरेको छ । यदि नगरपालिकाले अर्गानिक नगर बनाउन चहेमा १ वर्षमा पथरीशनिश्चरेलाई पुग्ने गरिको अर्गानिक तरकारी उत्पादन गर्न सक्ने खरेलले बताए । उनले भने “राज्यले हामी जस्ता किसानका लागि त केही गरेकै छैन् । यदि नगरलाई अर्गानिक उत्पादनमा जोड दिने हो भने म १ वर्षमा नगरलाई विषादी मुक्त बनाउन सक्छु तर नगरले अर्गानिकलाई जोड दिनुपर्यो नी, यहाँ हुने कृषि तालिमहरुमा जस्को कृषि बालि नै छैन उहि पुगेर भत्ता थापेर हिड्छ खैत किसानलाई सहाभागी गराको ? नगरले सही किसान चिन्न नसक्दा अहिले भएको व्यवसाय छाडेर विदेशीन थालेका छन् यसमा ध्यान दिनुपर्दैन ?”

गोठ कृषिमा के के उत्पादन हुन्छ ?

फर्सी

गोठ कृषि फार्ममा जुकीनि जातको फर्सी अहिले पनि फलिरहेको छ । झट्ट हेर्दा काक्राँ जस्तो देखिने लाम्चो खालको हरियो फर्सी छ । यसको बोटपनि लामो लहरा नहुने आलुको बोट जस्तो सानो पोथ्रा हुने र त्यसमै माटोमाथि नै फर्सी फल्ने रहेछ । यो फर्सी गोठ कृषि फार्ममा ४ कठ्ठामा रहेको छ । यसको बीउ प्रति बियाँ ६ रुपैया सम्म पर्ने गरेको फार्म सञ्चालक खरेलले बताए । यो फर्सी रोपेको ६ दिनमा टिप्नका लागि तयार हुन्छ । उत्पादनका लागि करिब १५ हजार खर्च भएको र खर्च कटाएर १५ हजार जति नाफा हुने खरेलको भनाइ छ । यो फर्सीमा कुनैपनि प्रकारको विषादीको प्रयोग गरिएको छैन् । यो पूर्ण रुपमा अर्गानिक उत्पादन भएको खरेलले बताए ।


टमाटर

खरेलले ३ कठ्ठामा टमाटर खेती गरेका छन् । श्रीजना र सरिता जातको टमाटरको उत्पादन निकै राम्रो रहेको छ । यसको बोट अग्लो हुने र प्रत्येक हाँगामा झुप्पा लाग्ने गर्दछ । ३ कठ्ठामा खेती गर्नका लागि खरेलले करिब २० हजार खर्च गरेको बताए । एक सिजनमा टमाटरले पनि खर्च कटाएर १० देखि १५ हजार सम्म नाफा दिने गरेको छ ।

टमाटरको बोट अग्लो हुने भएकाले यसको फेदमा अन्य साग सब्जी पनि लगाउन सकिने रहेछ । एक छिमलको धनिया उत्पादन भइसकेको छ । यसमा तोरीको साग, मुला लगाएतका साना, होचा जातका साग सब्जी पनि उत्पादन हुन्छ । अहिले मुला सकेर धनिया पनि अन्तिम चरणमा रहेको खरेलले बताए । मुला, साग, धनिया लगाएतले टमाटर बारीबाट नै थप आम्दानी दिनेगरेको छ ।


खुर्सानी

खरेलले नामधारी खुर्सानी लगाएका छन् । नामधारीमा प्रति कठ्ठा ५ हजार खर्च हुन्छ यसले सिजन अनुसारको आम्दानी दिने गरेको छ । बजार भाउ राम्रै आएमा १० अजार सम्म नाफा दिने गरेको खरेलले बताए । यसको अलवा भिन्डी, लौका, बैगुन लगाएतका तरकारीहरु पनि उत्पादन हुने गरेको छ ।

खरेलले तरकारी बारीमा आफैले उत्पादन गरेको मलको प्रयोग गर्ने गरेका छन् । तरकारीका लागि आवश्यक पर्ने मलका लागि खाडी बनाएर जैविक मल उत्पादन गर्ने गरेका छन् । तरकारी बालीलाई अर्गानिक बनाउनका लागि जैविक मलको प्रयोग, विषादीको सट्टामा किरा मार्नका लागि चरालाई चारो लगाइदिने र चराले तरकारीमा लाग्ने किरा फट्याङ्ग्रा पनि खाने गरेको खरेल बताउछन् । खरेलले भने “हामी किरा मार्नका लागि बरु चरालाई चारो हालेर खान बोलाउछौँ । चराले चारोसंगै किरा नि खान्छ, माकुराको जालो बनाउने प्रयत्न गछौँ यसो भएमा केही किराहरु माकुराको जालमा अल्झने वातावरण हुन्छ । हामीले जैविक विविधतालाई पनि कायम राख्न पर्छ भन्ने उद्देश्य लिएका छौँ ।”


बाख्रा पालन

गोठ कृषि फार्ममा बाख्रा पनि पालिएको छ । हाल गोठमा ३५ वटा बाख्रा रहेका छन् । जसमा १५ वटा खसी बोका छन् भने २० वटा चाँही माउ र पाठापाठी रहेका छन् । बाख्राका लागि खरेलले सुरुमा नै ८ लाख लगानी गरेको बताए । बाख्रा पालनका लागि आवश्यक पर्ने खोर, दिनमा बाँध्नका लागि टाट्नाको व्यवस्था लगाएतका संरचनामा वढि खर्च लागेको छ । अहिले सम्ममा लगानीको २० प्रतिसत चाँही फाइदा गर्न सकेको खरेलको भनाइ छ ।

बोयरमा भन्दा लोकलमा वढि फाइदा

पछिल्लो समय बोयर जातको बाख्रामा वढि मात्रामा फाइदा हुनेगरेको सुन्न पाइन्छ तर खरेलले भने लोकल जातमा नश्ल सुधार गरेर पाल्दा बढि फाइदा हुने बताए । उनले खरी र बोयर जातको मिश्रणबाट नश्ल सुधार गरेर बाख्रा पालिरहेको बताए । खरेलले भने “बाख्रामा चाँही नश्ल सुधार गर्नुपर्छ । बोयर जातको बाख्रा पाल्नका लागि सामान्य किसानले बाख्रा किन्ने सक्दैनन् अनि ठुलो लगानी गरेर बोयर भनेर ल्यायो फाइदा हुदैँन । हामीले थोरै पैसा हुनेले पाल्ने भनेको नश्ल सुधार गरेर हो फेरी हाम्रो नरा नै स्थानीय जातको चैँ सरक्षण गर्नु पनि छ ।” गोठ कृषि फार्मको नारा नै “मानव स्वास्थ्य माटो र पर्यावरण जोगाउन रसायनिक मल विषादी मुक्त जैविक खेती गरौँ, स्थानीय जातलाई नश्ल सुधार गरी बाख्रा पालनमा आम्दानी बढाऔँ”

गोठ कृषि फार्ममा बाख्राको पिसाब, बड्कौँला सबै जम्मा गरेर राख्ने र कसैले खोजेमा सस्तो दरमा विक्रि गर्ने गरेका छन् । यसरी जम्मा गरेको मलमूत्रलाई जैविक विधिबाट सुद्धिकरण गर्ने र बोटविरुवाको अवस्था हेरेर पानीको मात्रा मिलाएर प्रयोग गर्ने गरेको खरेलले बताए । सामान्यतया बाख्राको मलमूत्रलाई जम्मा गरेर अमृत झोल तयार गर्ने गरेको खरेलको भनाइ छ । यसरी तयार भएको अमृत झोललाई प्रयोग गरेर उत्पादन गरिएको तरकारी लामो समय सम्म टिक्ने, स्वादिलो हुने, स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक रहेको खरेलले बताए । गोठ कृषि फार्ममा झापा देखिका किसानहरु पनि सिक्नका लागि आउने गरेको उनले बताए । वरीपरिका केही किसानहरुले पनि आफुसंग भएको आइडिया लिने र अर्गानिक उत्पादनमा लाग्ने गरेको खरेलले बताए ।

गोठमा माछा पालन पनि रहेको छ । जम्मा ३ कठ्ठामा २ वटा पोखरी खनेर माछा पालन सुरु गरिएको छ । एउटामा कार्प र अर्कोमा मुंग्री जातका माछा रहेका छन् । पहिलो वर्ष पोखरीको राम्रो व्यवस्थापन गर्न नसकेका कारण माछामा फाइदा नभएको खरेलले बताए । माछामा लागि पोखरी र भुरा गरेर १ लाख ७० हजार लगानी रहेको खरेलको भनाइ छ ।

सरकारी अनुदान शून्य

सरकारले किसानलाई अनुदान भनेर जतिसुकै कराएपनि वास्तविक किसानले नपाएकामा खरेलले आक्रोस पोखे । उनले भने “सरकारी अनुदान त कहाँ जान्छ कहाँ थाहा छैन् । हामीले यत्रो लगानी गरेर काम गरिरहेका छौँ, अनुदानका लागि पटक पटक जिल्ला कृषि देखि कहाँ कहाँ धाएनौँ तर पार लागेन । यहाँ त अनुदान खानका लागि फार्म दर्ता गरेर बसेको गिरोह नै छ उनिहरुलाई खोरमा बाख्रा हाल्नु पर्दैन फार्म दर्ता भए पुग्छ अनि आम किसानका नाममा गैर किसानले अनुदानको रकम पचाएका छन् । खै सरकारी निकाय के हेरेर अनुदान दिन्छ ? किसानको घरघरमा गएर फार्ममा गाइ बाख्रा छन् की छैन्न भनेर कहिले अनुगमन गरेर दिने गरेको पाइदैन । यहाँ त आफ्ना आसेपासेले फार्म दर्ता गरे मिलाएर खाए भइराखेको छ ।”

यसरी अर्गानिक तरकारीबाली उत्पादन गरेर १ वर्षमा नगरलाई नै पु¥याउछु भनेर भनिरहदाँ सरकारी निकायले यसमा ध्यान दिनु जरुरी देखिएको छ । साँचिकै अनुदानमा गैर किसानले पाएका कुरा यसअघि पनि पटक पटक आएका छन् । साँचिकै किसानका लागि लगानी गर्ने वातावरण सरकारी निकाएको बन्नु पर्दछ । यस अघि पनि धेरैवटा फार्म बन्द भएका कुराहरु आएका छन् ।

गोठ कृषि फार्मकै छेउमा आर के पी बंगुर फार्म थियो तर १ वर्ष देखि त्यो पनि बन्द भएको छ । बजारको ग्यारेन्टी नहुँदा, लगानीको सुरक्षितता नहुने जस्ता विविध कारणले फार्म बन्द गर्नुपरेको संचालक रामकाजी बस्नेतले बताए । उनले भने “बंगुर लगेर अघियामा कटिदेउन भन्दा पनि मान्छे पाइन । मेरो २,३ लाख रुपैया खेर गयो ।” सरकारले किसानको लगानीको सुरक्षितताको ग्यारेन्टि गर्न सकेमा नेपाल पूर्ण रुपमा कृषिमा आत्म निर्भर हुन सक्ने केही उदाहरणहरुले देखाइसकेका छन् । यसका सरकारी क्षेत्रको ध्यान जानु जरुरी छ ।

प्रदेश दैनिकबाट

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen