९ माघ

मोरङ । फ्रेण्डसीप चेस क्लवद्वारा आयोजित मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’को उपाधि झापाका सुश्रुत दाहालले हाता पारेका छन् ।
बुधबार भएको फाइनल राउण्डमा क्यान्डिडेट मास्टर (सी.एम.) कृष्ण थापासँग बराबरी खेल्दै प्रतियोगिताको उपाधि हाता पारेको हो । दाहालले ७.५ अंक ल्याएका थिए । उपाधि विजयसँगै दाहालले आफूलाई बुद्धिचालमा युवा खेलाडिको रुपमा प्रस्तुत गरेका छन् ।
त्यसैगरी ७.५ अंक ल्याएर दमक झापाकै प्रकाश नेपाल दोस्रो भएका छन् । प्रोगेशिप पइन्टको आधारमा नजिता प्रकाशन गरिएको हो । फाइनल राउण्डमा नेपालले फिडे मास्टर (एफ.एम.) रिजेन्द्रराज भण्डारीलाई हराएका थिए ।  कृष्ण थापा ७ अंक ल्याएर तेस्रो पुस्कार जितेका छन् ।
बद्रीलाल नेपाली, सुमन लामा, सुरवीर लामा, राजेन्द्र राईले समान ७ अंक ल्याएर प्रोगेसिप पइन्टको आधारमा क्रमस चौथो, पाँचौ, छैठौ र सातौ पुरस्कार जितेका छन् ।
सुमन राई, भुपेन्द्र निरौला, राजन सुवेदी, राजन पुरी, ज्वाला इम्बुङ लिम्बू, विवेक श्रेष्ठ, आशिस फूयल र नवीन तण्डुकर क्रमस १५ औं स्थानका पुरस्कार प्राप्न गरेका छन् । बद्रीलाल नेपाली, सुरवीर लामा, भुपेन्द्र निरौला र नवीन तण्डुकार बुद्धिचालका पूर्व नेपाल च्याम्पियन हुन । पूर्व च्याम्पिएन चारैजना १५ स्थान भित्र पर्न सफल भएपनि प्रतियोगितामा सहभागि हुन आएका मध्ये टप (२०३८) रेटिङ भएका फिडे मास्टर (एफ.एम.) रिजेन्द्र राजभण्डारी भने खाली हात फर्किएका छन् ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोहुने खेलाडिलाई जनही ५०, ४०, ३० नगद, ट्रफी र प्रमानपत्र प्रदान गरिएको थियो । सातौदेखि १५ औं हुने खेलाडिलाई १३ देखि सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सुमन श्रेष्ठ र विजयविश्व घिमिरे १ नम्बर प्रदेशको प्रथम र दोस्रो घोषणा भए । त्यसैगरी सुरज राय मोरङ च्याम्पियन, विजेक बज्रचार्य र अनिस तामाङ पथरीशनिश्चरे नगरको प्रथम र दोस्रो भएका छन् ।
श्याम लिम्बू अन रेटेड च्याम्पियन भएका छन् । रेटिङ १७ सय मुनी उमेश शाहा, राजन पहाडी, १५ सय मुनी बिबेक पोदार र लोकसागर साम्बा पुरस्कृत भए । फरक क्षमता (अपाङ्गता)का खेलाडिमा लक्ष्मीप्रकाश कन्दङ्वा र सुनिता थापा तथा भ्याटन महिलामा राधिका लिम्बू, पुरुषमा रामश्रोत साहा नगदसहित पुरस्कृत भएका छन् ।
प्रियकुमारी शाहा प्रतियोगिताको अनुशासित खेलाडिबाट पुरस्कृत भएका छन् । त्यसैगरी १२ कक्षा मुनि अध्ययनरत विद्यार्थीतर्फ पुरुषमा एककुमारी कार्की र सुजना लोहनीले पुरस्कार जितेका छन् ।
उमेरको हिसावले १२, १४ र १६ बर्ष मुनिका खेलाडिहरु क्रमस सुजन थापा, प्रज्वल बस्नेत र मिशन दाहालले पनि नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । देशभरबाट १३५ खेलाडि सहभागि प्रतियोगितामा ३९ जनालाई तीन लाख ४० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक फ्रेण्डसीप चेस क्लवका कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए ।
कार्यक्रमको उद्घाटन माघ ५ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए भने समापन ९(आज) गते कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य चण्डीप्रसाद राई लगायतको उपस्थिति रहेको थियो । खेल खेलाउन आर्विटर(एम्पाएर) ज्ञानेन्द्र खाइजु, विजय थापा लगायतल आएका थिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen