९ माघ

धनकुमार , पथरीशनिश्चरे

मोरङ्गको पथरीशनिश्चरेमा माघ २५ गते  पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडले  म्युजिकल कन्सर्ट गर्ने भएको  छ । पथरीशनिश्चरे स्थित रंगशालामा हुने म्युजिकल कन्सर्टमा  रियालिटी शो द भ्वाइस अफ नेपालका विजेता र उत्कृष्ट आठले प्रस्तुती दिने भएका छन् । 
कन्सर्टमा  भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारी, रनरअपहरु श्री जव थपलिया, कुशल आचार्य,सप्तक दत्तराज का साथै टप आठका श्रेया राई,सुरेखा क्षेत्री, विवेक वाइवा लामा च्याङ्गवा, अनु शाक्यले मनोरञ्जन प्रदान गर्ने भएका छन् ।
आयोजक पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडले आज पथरीमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रम बारे जानकारी गराएको छ  । पथरीका साथै माघ २१ गते  धरानमा, विर्तामोडमा माघ २३ गते र केर्खामा माघ २६ गते कन्सर्टको  आयोजना गरिने पिस ल्याम्प इन्टरनेशनलका प्ररबन्ध  निर्देशक  अनुप योन्जनले जानकारी दिए । करीब १५ हजार दर्शकले सहभागीता जनाउने कन्सर्ट आयोजना गर्नका  करीब  लागी २० लाख खर्च हुने  आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen