५ माघ पथरीशनिश्चरे

विवेक न्यौपाने

सङ्घ , प्रदेश र स्थानीय तहमा  स्थिर र बलियो सरकार भएको अवस्थामा  पुर्नउत्थानबादीलाई खुट्टा नउचाल्न प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले चेतावनी दिएका  छन।
मोरङ्गको पथरीशनिश्चरेमा शनिवारबाट  फ्रेण्डसिप चेस क्लव को आयोजनामा सुरु भएको शहिद रत्नकुमार वान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे  खुल्ला  रेटिङ वुद्धिचाल प्रतियोगिताको उदघाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री राईले यो  अवस्थामा जो कोहिले पनि चुनौती दिन आए उसैको क्षति हुने बताएका हुन।
सङ्घीयता असफल भएको हल्ला चलाएर संविधान र गणतन्त्रलाई असफल बनाउन कसैले नसक्ने उनको भनाई छ। पुर्व राजा फेरी दरवार आउने हल्ला प्रति लक्षीत गर्दै राईले भने ‘अव राजा महाराजहरु नेपालमा हैन चेसमा मात्र हुन्छन्’,‘राजा महाराजहरुले टाउको उठाउने कुरा हल्ला मात्र हो त्यसो भए राष्ट्रमा झन खतरा हुन सक्छ’ राइले भने । तिन तहमा स्थिर सरकार रहेको र यी स्थिर सरकारलाइ काम गर्न दिनुको विकल्प नरहेको उनको भनाइ थियो ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले चेस खेलको विकास र प्रबर्द्धनका लागि संबंधित खेलाडी र संघसंस्थाहरुसँग समन्वय गरि प्रदेश सरकारले भरपुर सहयोग गर्ने बताए।
देशभरका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद तीन लाख ४० हजार तथा अन्य खर्च गरी करिव १६ लाखको लागतमा प्रतियोगिता सम्पन्न हुने आयोजकले बताएका छन। ।
 प्रतियोगितामा नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय पदाधिकारी र प्राविधिक टोलीको समेत उपस्थिति रहेको छ । प्रतियोगिता ९ गते सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen