पथरीशनिश्चरे, २९ पुस

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले प्रदेश नम्वर १ को गौरवको रुपमा पथरीशनिश्चरेमा निर्माण गर्न लागिएको आदिवासी जनजातिको भावना समेट्ने संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी भएको बताउनु भएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद समेत रहनु भएका मन्त्री ढकालले आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न कार्यक्रममा सो कुरा वताउनु भएको हो । उहाँले आफुले निर्वाचनमा आदिवासी जनजाति संग्रहालय निर्माण गर्ने बताएको र हाल त्यहीखाले संग्रहालय वन्ने कुरामा ढुक्क हुन सवैलाई आग्रह गर्नुभएको छ । उहाँले पाथीभरा, वराहक्षेत्र र हँलेसी धाम समेत बनाउने कुराप्रति नतर्सिन अनुरोध समेत गर्नुभएको छ । उहाँले वेथितीको अवस्थाको मुलुक नयाँ हिसावले निर्माण गर्न केही समय लागेको उल्लेख गर्दै हालसम्म १ सय ५६ वटा कानून वनाएर थिती वसाल्दै गरेको जनाउनु भएको छ । आफुले आफ्नो निर्वाचन क्षेत्रको समस्याको रुपमा रहेको वसोवासको समस्यालाई कानून वनाएर समाधान गर्ने समेत दोहोर्याउँदै आफुहरुले वचन दिएका काम गरेरै छोड्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । वैशाखसम्ममा भूमि सम्वन्धि कानून वनाइसक्ने उहाँले वताउनु भएको छ । भेटघाट कार्यक्रमपछि डाँसमोरङ्गी सामुदायिक वन समूहले आफ्नो १७ औं साधारणसभाका अवसरमा मन्त्री ढकाललाई सम्मानपत्रले सम्मानित गरेको छ । नेकपाको भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका २ नम्वर वडा सदस्यका उम्मेदवार खडानन्द न्यौपाने सहित सोही पार्टीका गंगाप्रसाद घिमिरे, खड्गप्रसाद भारती, लालबहादुर सोडारी, सुरेन मैनाली सहित ७ जना नेकपामा प्रवेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen