विवेक न्यौपाने

पुस २७,

मोरङ्गको पथरीशनिश्चरेमा बन्ने भनिएको जातिय संग्राहलय शुरुवाती अवस्थामै विरोध नै विरोधको चपेटामा परेको छ। जातिय संग्राहलय बनाउने भनिएको ठाउँमा ताप्लेजुङ , सुनसरी र खोटाङ्गका प्रख्यात धाम बनाउने प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेको अभिव्यक्तिसँगै बिरोधका स्वरहरु गुञ्जयमान हुन थालेका छन।  पुस २५ गते प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरे, पथरीशनिश्चरेका प्रमुख दिलिप राई, उपप्रमुख यमुना विष्टको टोली १० नम्बर वडाको सो क्षेत्रको अवलोकन गर्दै मन्त्री घिमिरेले सो अभिव्यक्ति दिएका  थिए ।मोरङ्गको पथरीशनिश्चरे १० मा रहेको भुटानी शरणार्थी शिवीर क्षेत्रमा १ नम्वर प्रदेश सरकारले बनाउने भनिएको जातीय संग्राहलयमा हिन्दूहरुको तीन धाम बनाउने योजना तयार भएपछि आदिवासी जनजाति सम्बद्ध संघ÷संस्थाहरु आक्रोशित बनेका छन। शुक्रबार  पत्रकार सम्मेलनको आयोजना गरी आदिवासीकै नाममा संग्राहलय नबने संग्राहलय नै बन्न नदिने चेतावनी उनिहरुले  दिएका छन् ।
 पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी बसेको क्षेत्रमा प्रदेश सरकारको लगानीमा ‘पाथीभारा, बराहक्षेत्र र हलेसी’ गरी हिन्दूहरुको तीन धाम बनाउने तयारी भएपछि आदिवासी समुदाय विरोधमा उत्रिएको हो । पाथिभारा, बराहक्षेत्र, हलेसीको उक्त स्थानमा महत्व  नरहेकोले र  नक्कली धाम बनाउनु आवश्यक नभएको आदिवासी समुदायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताबाट उठेको कर अनावश्यक रुपमा दुरुपयोग गर्न नहुने र राज्यद्वारा अहिलेसम्म बेवास्था गरिएका उत्पीडित आदिवासी समुदायको लोप हुन लागेको संस्कार, संस्कृति, धर्म परम्पराको संरक्षण तथा विकास हुनेगरी आदिवासी संग्राहलय निर्माण हुनुपर्ने बिज्ञप्तिमा  उल्लेख छ ।
किरात राई यायोक्खा मोरङ्ग , किरात याक्थुङ चुम्लुङ मोरङ्ग , तामाङ घेदुङ संघ मोरङ्ग , तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद, नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समिती , भुजेल समाज सेवा समिति मोरङ्ग र धिमाल जाती बिकास केन्द्र द्वारा संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराइएको हो ।  गैर कानूनी रुपमा जवरजस्ति नक्कली तीन धाम बनाउने प्रकृया नरोकिए कडा आन्दोलनको साथै कानूनी लडाई लड्न  बाध्यहुने संयुक्त विज्ञप्ति मार्फत  भनिएको छ ।
गएको संघीय÷प्रदेश तथा स्थानीय निर्वाचनको बेला विभिन्न दलका उमेद्वारहरुले बिशेष गरि सो  क्षेत्रबाट निर्वाचित भानुभक्त ढकालले निर्वाचन जित्न आदिवासी जनजातिहरुको सांस्कृतिक गीत, नृत्य प्रस्तुत गर्नुको साथै आफुले  जितेमा आदिवासी जनजातिहरुको संग्राहलय निर्माण गर्ने भनेर पटक पटक प्रतिबद्धता गरेका थिए ।  १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘आदिवासी संग्राहलय’ र १ नम्बर प्रदेश विकास योजनामा समेत ‘जातीय संग्राहलय’ बनाइने उल्लेख भएको जनाईएको  छ । प्रदेश सभा र सरकारको नीतिको समेत प्रतिकुल हुनेगरी नक्कली तीन धामको योजनाप्रति आफूहरुको विरोध रहेको आदिवासी समुदायको भनाई छ ।

जातीय संग्राहलय‘साँस्कृतिक ग्राम’ बन्न नदिने वडा अध्यक्षको चेतावनी

मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको केन्द्रको बिषय चुलिदै गएको अवस्थामा वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले नगरपालिकाको केन्द्र सर्वोच्च अदालतले तोकेको स्थानमा निर्माण नभए सो  क्षेत्रमा नगरपालिका, प्रदेश वा केन्द्र सरकारले ल्याएको कुनै पनि योजना सफल हुन नदिने बताएका छन। सरकारको योजनाहरु भन्दा अगाडि नगरको केन्द्र सो स्थानमा निर्माण नभए सम्म अन्य योजना अघि बढ्न नदिने बताउदै राईले नगरपालिकाको केन्द्र स्थापनाका लागि जस्तो पनि संघर्ष गर्न पछि नपर्ने बताएका छन ।
मोरङ्गको पथरीशनिश्चरे १० मा रहेको भुटानी शरणार्थी शिवीर क्षेत्रमा १ नम्वर प्रदेश सरकारले बनाउने भनिएको जातीय संग्राहलय‘साँस्कृतिक ग्राम’ निर्माणको अवलोकन गर्न बुधबार सो क्षेत्र आएका प्रदेश १ प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जीवन घिमीरेले शरणार्थी शिविरको अवलोकनमा  आउने क्रममा  आफुहरुसँग समन्वय नगरी आएको भन्दै वडा अध्यक्ष राई आक्रोशित बनेका थिए ।


 

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen