५ पुष
’सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी। उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्।

पढाइ र रुचि फरक–फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढाउने उनको सोच छ। ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु,’ अस्मिता भन्छिन्, ‘गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’ नर्सिङमा मास्टर्स गर्ने उद्देश्य लिएकी उनले संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचेकी छिन्।अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत उनलाई मन पर्छन्। ‘अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ,’ उनी भन्छिन्, ‘पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थाले।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen