मोरङ । प्रदेश १ को नाम र राजधानीको विषय अझै अन्यौलमै रहेका बेला नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय भइसकेको छ ।

यद्यपि, त्यो निर्णय अझै सार्वजनिक भएको छैन । उक्त निर्णय भएको हो या होइन भन्ने विषय थाहा पाउन भने प्रक्रिया नै कुर्नुपर्ने अबस्था रहेको छ । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा भएका पटक पटकका प्रयास असफल भईरहँदा यस्तो रहस्य सार्बजनिक भएको हो ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिरहेको छ भने प्रदेश सरकारले भने अधिवेशन बोलाउन हालसम्म कुनै तयारी गरेको छैन । प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन पुसभित्र सुरु हुने सम्भावना समेत कम बन्दै गएको छ । प्रदेश १ को तेस्रो अधिवेशन अर्थात् हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण र राजधानी तोक्ने र संसदको समितिलाई पूर्णता दिने, संसदीय समितिका काम अगाडि बढाउने र १ दर्जन बढी कानुन बनाउनु पर्ने दायित्व भएपनि उक्त दायित्व निर्वाह गर्नका लागि सरकारले संसदको अधिवेशन आह्वान गर्ने तयारी भने अझै गरेको छैन ।

वर्षे अधिवेशन सम्पन्न हुनुअघि सर्वदलीय बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले मंसिरको सुरुमै हिउँदे अधिवेशन आह्वान गर्ने यसअघि नै बताएका थिए । त्यसपछि गत मंसिर १७ गते पत्रकारहरु सँगकोे कुराकानीका क्रममा पुसको पहिलो साता संसदको तेस्रो अधिवेशन आह्वान गर्ने मुख्यमन्त्री राईले बताएपनि संसदको अधिवेशन आह्वान गर्ने विषयमा अहिलेसम्म कुनै तयारी भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न ढिलाई गरेको भन्दै सरकारको विरोध गर्दै आएको छ । कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले सरकारले प्रदेशको नाम र राजधानीको विषयमा ठोस प्रस्ताव तयार गर्न नसक्दा संसद अधिवेशन आह्वान गर्न ढिलाई गरेको दाबी गरेका छन । ‘अधिवेशन सुरु हुनका लागि अझै समय लाग्ने र पुस अन्तिम या माघ महिना पुग्न सक्ने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की बताउँछन ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen