विवेक न्यौपाने
पथरी शनिश्चरे, २८ मंसिर
 मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो दिनको  खेलमा प्रदेश प्रहरी रानीलाई  दिप ज्योती पथरीले पराजित गरेको छ। रानीलाई  दिप ज्योतले  २८-२६ र २५-२१ को सेटमा पराजित गरेको हो ।  आज नै सम्पन्न दोस्रो खेलमा सशस्त्रको एपिएफले आयोजक ए लाई २५-१७, २५-२२ र २५-२२ को सेटमा पराजित गरेको छ। आज नै भएको अर्को खेलमा दिप ज्योती पथरीले आयोजक ए लाई २५-१७, २५-२२ र २५-१८ को सेटमा पराजित गरेको छ।

प्रतियोगिताको भोलि हुने  फाइनल खेलमा दिप ज्योती पथरी र सशस्त्रको  एपिएफ बिच खेल हुनेछ। प्रतियोगिताको हिजो  एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो ।
नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा १ नम्वर प्रदेशका १० टिमको सहभागिता रहेको छ । मंसिर २९ गते फाइनल हुने प्रतियोगिताको विजेताले ८१ हजार र उपविजेताले ५१ हजार नगद सहितको पुरस्कार प्राप्त गर्ने खेल संयोजक गोविन्द कटुवालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen