कात्तिक- नेपाललाई चीनले दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने भएको छ ।

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच सहयोग सम्बन्धी सम्झौता पत्रमा शनिबार हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौताका अनुसार चीनको रक्षा मन्त्रालयले नेपालको रक्षा मन्त्रालयमार्फत मानवीय विपत् तथा राहतको क्रममा प्रयोग हुने उपकरणहरू प्रदान गर्ने भएको छ ।

पाँच वर्ष अवधि रहेको सम्झौता अनुसार उपकरण नेपालसम्म चीनले आफ्नै खर्चमा ल्याइदिने भएको छ । स्वदेश आइसकेपछिको खर्च भने नेपाल स्वयमले व्यवहोर्नुपर्नेछ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्घेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेललाई चीनीयाँ जनमुक्ति सेनाको मुख्यालयमा एक सैनिक टुकडीले गारत सम्मान अर्पण गरेको थियो ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen