च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउँदा अलआउट र्गयो । पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए । भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली पाँच तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए । रोहित शर्मा शून्य रनमा आउट भए ।  यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । अजहर अलीले ५९ तथा बाबर आजमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen