फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले आइतबार भएको संसदीय चुनावमा पाँच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो । म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याएपनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हाँसिल गरेको हो । झण्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसदमा स्पष्ट बहुमतका सहित ठूलो पार्टी बनेको छ ।
बुहमतका लागि दुई ८९ सिटमा जित्नु पर्नेमा एन मार्चेले तीन सय भन्दा बढी सिट जितेको हो । एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen