रियल मड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियल मड्रिडले मालागालाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमा गोल गरे र करिम बेन्जामाले ५५ औँ मिनेटमा गोल गरे । रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो । बार्सिलोनाले इबारलाई ४–२ गोल अन्तरले पराजित गरे पनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउँदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जितेको हो ।
रियलले यो सिजन ३८ खेलमा ९३ अंक जोडेको छ । बार्सिलोना समान ३८ खेलमा ९० अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेस्सीको २ गोलमा इबारलाई पराजित गर्यो । बार्सिलोनाको जितमा मेस्सीको दुई साथै स्वारेज र जुन्काले एक एक गोल गरे । इबारको इन्वीले दुई गोल गरे ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen