इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि जितेको हो ।  आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि बनेको छ । १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।
पुनेका कप्तान स्टेभेन स्मिथको ५० बलमा ५१ रन, अजिन्क्या रहानेले ३८ बलमा ४४ रन बनाउनु बाहेक अरुले उल्लेख्य योगदान गर्न सकेनन् । मुम्बइले खेलको अन्तिम ओभरमा नतिजा आफ्नो पक्षमा पारेको थियो । अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको अवस्थामा मुम्बइका मिचेल जोनसनले दोश्रो बलमा मनोज तिवारी र तेश्रो बलमा कप्तान स्मिथलाई आउट गरे । पुनेले अन्तिम तीन बलमा चार रन मात्र बनाउन सक्यो र खेल एक रनले हार्यो । मुम्बईका मिचेल जोनसनले तीन साथै जस्प्रित बुम्राहले दुई विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङमा आएको मुम्बईको पनि ब्याटिङ कमजोर देखिएको थियो । २० ओभरमा ८ विकेट जाँदा मुम्बईले १ सय २९ रन बनाएको थियो । मुम्बईका रोहित शर्माले २२ बलमा २४ रन, कुर्नाल पाण्डेले ३८ बलमा ४७ रन बनाएका थिए । पुनेका जयदेव उनाडकट, आदम जम्पा, ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen