अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग ९एफबिआई० का निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहनु भएकी हिलारी क्लिन्टनको इमेलका सम्बन्धमा भएको अनुसन्धानको विषयलाई लिएर ट्रम्पले कोमीलाई बर्खास्त गरेको अधिकारीले बताएका छन् । ह्वाइट हाउसले आश्चर्यजनक रुपमा एफबिआई निदेर्शक कोमीलाई बर्खास्त गरेको हो ।
गएको हप्ता कोमीले क्लिन्टनको इमेलका बारेमा कांग्रेसलाई जानकारी गराउनु भएको थियो । कांग्रेसलाई क्लिन्टनको इमेल सम्बन्धी गलत जानकारी दिएको कोमीमाथि आरोप छ । एफबिआईले ट्रम्पको राष्ट्रपतीय अभियानमा संलग्न व्यक्ति र रुसबिचको सम्बन्धका बारेमा पनि अनुसन्धन गरिरहेको छ । यही बिचमा ट्रम्पले कोमीलाई बर्खास्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले कोमीलाई महान्यायाधीवक्ता जेफ सेसन्सको सिफारिसमा बर्खास्त गर्नुभएको ह्वाइटहाउसले जनाएको छ । महान्यायाधीवक्ता सेसन्सले कोमीले ब्युरोलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको भनेको कुरा ट्रम्पले कोमीलाई बर्खास्त गरिएको पत्रमा उल्लेख गर्नुभएको छ ।
महान्यायाधीवक्ता सेसन्सले ब्युरोमा नयाँ नेतृत्वको खाँचो रहेकोमा जोड दिनुभएको छ । चार वर्षअघि एफबिआईको निर्देशकमा नियुक्त हुनुभएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी थियो । एफबिआईको नयाँ निदेर्शकको खोजी तत्काल सुरु गरिएको ह्वाइटहाउसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen